नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीलाई बदल्नुपर्ने दोहो¥याउनुभएको छ । बुधवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महामन्त्री शर्माले मौन धारण गरेर सरकार सफल नहुने बताउनुभएको हो । उहाँले सरकार सफल हुने भनेकै कमी,कमजोरी केलाएर हुने भन्दै आफू संलग्न सरकारको सफलताको लागि बोल्नु आफूहरूको कर्तव्य रहेको बताउनु भयो । उहाँले वर्तमान सरकार कायमै रहने भएकोले सरकारको कार्यशैली बदलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।