प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आयातित विकृतिहरुको डम्पिङ साइट बनाउने प्रयत्न भइरहेको भन्दै स्वीकार्य नहुने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपाली समाजमा थुप्रै विकृतिहरु फैल्याउने, आयातित विकृतिहरुको डंगुर डम्पिङ साइट बनाउन खोजिएको बताउनु भयो । त्यो नेपालीलाई मञ्जुर नरहेको र नहुने बताउनु भयो । नेपाललाई सांस्कृतिक र सामाजिक हिसावले पनि विकृतिहरुको डम्पिङ साइट बन्न नदिने बताउनु भयो । उहाँले नेपाल स्वतन्त्र मुलुक भएको उल्लेख गर्दै यसमा गर्व गर्नुपर्ने बताउनु भयो । नेपालको स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्नुपर्ने बताउनु भयो ।