इजरायली सेनाद्वारा २ प्यालेस्टिनीको हत्या

बैशाख ४, २०८२ बिहीबार
इजरायली सेनाद्वारा २ प्यालेस्टिनीको हत्या

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बुधवार उत्तरी पश्चिम किनारको कबातिया शहरमा इजरायली सेनाद्वारा दुई प्यालेस्टिनी पुरुषको गोली हानी हत्या गरिएको जनाएको छ । रामल्लाहस्थित मन्त्रालयले मारिएका पीडितहरूको पहिचान २३ वर्षीय मुहम्मद ओमर मुहम्मद जकार्नेह र १९ वर्षीय यासेर रतेब खुजैमियाको रूपमा गरेको छ । प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाकाअनुसार इजरायली सेनाले बुधवार बिहान खानी क्षेत्रमा रहेको गुफालाई घेरेर आक्रमण  गरेको थियो । विज्ञप्तिअनुसार मुठभेडमा दुई लडाकू मारिएका थिए । उनीहरूको शरीरबाट हतियार बरामद गरिएको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images