वर्तमान भन्सार अवस्था अन्तर्गत २०२५ मा विश्वव्यापी व्यापारको मात्रा ०.२ प्रतिशतले घट्ने अनुमान गरिएको छ । जुन कम भन्सार परिदृश्यमा आधारित अघिल्लो पूर्वानुमान भन्दा लगभग ३ प्रतिशत बिन्दुले कम हो । विश्व व्यापार संगठन (डब्ल्युटिओ) ले बुधवार जारी गरेको आफ्नो पछिल्लो विश्वव्यापी व्यापार दृष्टिकोण र तथ्याङ्क प्रतिवेदनमा भनिएको छ । डब्ल्युटिहोले अमेरिकी पारस्परिक शुल्कको पुनस्र्थापना र व्यापार नीति अनिश्चितताको फैलावटबाट उत्पन्न गम्भीर नकारात्मक जोखिमहरूको बारेमा थप चेतावनी दिएको छ । जसले २०२५ मा विश्वव्यापी सामान व्यापारमा १.५ प्रतिशतको तिब्र गिरावट ल्याउन सक्छ ।