गत वर्ष डिसेम्बर ९ देखि टर्कीबाट कुल १ लाख ७५ हजार ५१२ सिरियालीहरू स्वेच्छाले आफ्नो देश फर्किएका छन् । टर्कीका गृहमन्त्री अली येर्लिकायाका अनुसार २०१७ देखि टर्कीबाट फर्किएका सिरियालीहरूको संख्या अब ९ लाख १५ हजार ५१५ पुगेको छ । जसमा ३३ हजार ७३० परिवारहरू छन् । येर्लिकायाले संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्तको निरीक्षणमा फिर्ता प्रक्रिया पारदर्शी रूपमा व्यवस्थित गरिएकोमा जोड दिनुभयो ।