नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गिय चन्द्रप्रसाद न्यौपाने नेपाली काँग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी रहेको बताउनुभएको छ । बुधवार काठमाडौंमा जिल्ला विकास समिति गोरखाका पूर्वसभापति तथा नेपाली काँग्रेसका नेता स्व. चन्द्रप्रसाद न्यौपानेको पहिलो वार्षिक स्मृतिको अवसरमा चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थको लोकार्पण गर्दै यस्तो बताउनुभएको हो । उहाँले स्व. न्यौपानेलाई आफूले नेपाली काँग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायीको रुपमा चिनेको उल्लेख गर्नुभयो । उहाँले स्व.न्यौपानेका परिवारले नेपालको राजनीतिमा, प्रजातान्त्रिक आन्दोलनमा धेरै ठूलो योगदान गर्नुभएको जिकिर गर्नुभयो ।