दक्षिण पश्चिम पाकिस्तानमा बम आक्रमणमा ३ सुरक्षा कर्मीको मृत्यु, १६ घाइते

बैशाख ३, २०८२ बुधबार
दक्षिण पश्चिम पाकिस्तानमा बम आक्रमणमा ३ सुरक्षा कर्मीको मृत्यु, १६ घाइते

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा मंगलवार सडक छेउमा भएको बम विस्फोटमा तीन सुरक्षा कर्मीको मृत्यु र १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । घटना मस्तुङ जिल्लाको कुन्ड मसुरी क्षेत्र नजिकै भएको थियो । जहाँ कलात जिल्लाको तालिम केन्द्रबाट कर्मचारीहरू बोकेको प्रहरी ट्रकमा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस ठोक्किएको थियो । बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले सबै घाइतेहरूलाई स्थानीय अस्पतालमा सारिएको छ । गम्भीर अवस्थाका बिरामीहरूलाई उन्नत चिकित्सा उपचारको लागि क्वेटा सारिएको छ । लक्षित कर्मचारीहरू बलुचिस्तान कन्स्टेबुलरीका थिए । बलुचिस्तान नेशनल पार्टी–मेंगलद्वारा आयोजित धर्ना विरोध प्रदर्शनको सुरक्षाको लागि तैनाथ गरिएको थियो । अहिलेसम्म कुनैपनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images