राजावादी प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजकलाई जलाएर हत्या गरिएको र प्रेस स्वतन्त्रता हननका सम्बन्धमा नेपाल पत्रकार महासंघले सम्पादकहरुसंग छलफल गरेको छ । सोमवार नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा भएको छलफलमा सम्पादकहरुले दिवंगत रजकलाई न्याय दिन महासंघले नेतृत्व लिनुपर्ने बताएका छन् । घट्नाको सत्यतथ्य छानविन गरी संलग्नलाई कानूनअनुसार कारबाही गर्न महासंघले दबाब दिनुपर्ने उनीहरुको भनाइ छ ।