इजरायली सेनाले सोमवार गाजा पट्टीभर आक्रमणको नयाँ लहर शुरु गरेको बताएको छ । जसमा लगभग ३५ वटा लक्ष्यहरू निशाना बनाइएको छ । गाजा स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६१३ पुगेको बताएका छन् । आक्रमण गरिएका स्थलहरूमा दक्षिणी गाजामा रहेको हतियार उत्पादन सुविधा र इजरायली भूभागलाई लक्षित गरी रकेट लन्चरहरू भएको प्रक्षेपण स्थल समावेश छ ।