जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इन्डोनेसियाली राष्ट्रपति प्रबोवो सुबियान्तोले सोमवार अल–अक्सा मस्जिद विरुद्ध इजरायली उल्लंघनको निन्दा गर्नुभएको छ । जोर्डनको राजधानी अम्मानमा भएको आफ्नो वार्ताको क्रममा दुई नेताहरूले जेरुसेलमको पवित्र स्थलहरूमा ऐतिहासिक र कानूनी यथास्थिति परिवर्तन गर्ने कुनैपनि प्रयासको विरुद्ध चेतावनी दिनुभयो । राजाले जेरुसेलममा इस्लामिक र ईसाई पवित्र स्थलहरूको जोर्डनको संरक्षकत्वलाई पनि पुनः पुष्टि गर्नुभयो ।