सांस्कृतिक, आर्थिक, धार्मिक धरोहरलाई आर्थिक विकासमा रुपान्तरण गरौँः राष्ट्रपति पौडेल

बैशाख १, २०८२ सोमबार
सांस्कृतिक, आर्थिक, धार्मिक धरोहरलाई आर्थिक विकासमा रुपान्तरण गरौँः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले जनताको चाहनाअनुरुप शान्ति, दिगो विकास, समावेशी समाज, आर्थिक समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण सहित राष्ट्र निर्माणमा जुट्न आह्वान गर्नुभएको छ ।  सोमवार नगरकोट भ्रमण वर्षको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र रहेको पनि बताउनु भयो । उाँले पर्यटन क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हुने जिकिर गर्नुभयो । उहाँले काठमाडौंको उकुसमुकुसबाट उम्किएर प्रकृतिमय क्षण व्यतित गर्ने चाहना राख्नेहरुका लागि नजिकको रोजाइ स्थल हो नगरकोट भएको बताउनु भयो । पर्यटन पूर्वाधारको बिस्तार र सहज आगमनको लागि सडक स्तरोन्नति गर्न ध्यान दिनुपर्ने बताउनु भयो । सांस्कृतिक, आर्थिक, धार्मिक धरोहरलाई आर्थिक विकासमा रुपान्तरण गर्न पूर्वाधारको विकास र कौशल बढाउनुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images