इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले शनिवार कायरोमा भ्रमणमा रहेका इण्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग वार्ता गर्नुभएको छ । गाजा पट्टीमा भएका विकासक्रम र द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीमा उचाल्ने बारेमा छलफल गर्नुभयो । सिसीले गाजामा युद्धविराम सम्झौताको मध्यस्थता गर्ने र यसका बासिन्दाहरूलाई मानवीय सहायता प्रदान गर्ने इजिप्टको प्रयासहरूको बारेमा प्राबोवोलाई जानकारी गराउनु भयो । दुवै पक्षले गाजा पट्टीमा आफ्ना जनतालाई विस्थापित नगरी पुनर्निर्माण प्रक्रिया शुरु गर्ने आवश्यकतामा जोड दिएका छन् । जसले अन्तर्राष्ट्रिय वैधताको सिद्धान्तहरूमा आधारित व्यापक र स्थायी समाधान निम्त्याउँछ ।