गलत सूचनाका कारण उत्तरप्रदेशका मुख्यमन्त्री दिल्लीस्थित नेपाली दुतावास जानुभएको भने, त्यसको खण्डन गर्छुः देउवा

चैत्र ३०, २०८१ शनिबार
गलत सूचनाका कारण उत्तरप्रदेशका मुख्यमन्त्री दिल्लीस्थित नेपाली दुतावास जानुभएको भने, त्यसको खण्डन गर्छुः देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा गर्नुभएको भन्ने भनाइको खण्डन गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफूले यसअघिको कार्यक्रममा गलत सूचनाका कारण उत्तरप्रदेशका मुख्यमन्त्री दिल्लीस्थित नेपाली दुतावासमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा बताउनुभएको भनेको भन्दै उक्त भनाइको खण्डन गर्नुभएको हो । केही दिनअघि एक सार्वजनिक कार्यक्रममा सभापति देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ दिल्लीस्थित नेपाली दुतावास गएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको बताउनुभएको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images