प्रदर्शनरत शिक्षकबारे प्रधानमन्त्रीः ‘आफ्नो मात्र हित हेरेर समस्या समाधान हुँदैन, भावनामा नबग्नुस् ’

चैत्र २९, २०८१ शुक्रबार
प्रदर्शनरत शिक्षकबारे प्रधानमन्त्रीः ‘आफ्नो मात्र हित हेरेर समस्या समाधान हुँदैन, भावनामा नबग्नुस् ’

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुले आफ्नो मात्र हित हेरेर समस्याको समाधान नहुने बताउनु भएको छ ।  शुक्रवार नेकपा (एमाले) ले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै उहाँले शिक्षकहरु भावनामा बगेको उल्लेख गर्दै यसले समाधान नदिने बताउनुभएको हो । आफ्नो मात्र हित हेरेर नभई देशको आर्थिक अवस्था र राष्ट्रको क्षमता हेर्न महत्वपूर्ण रहेको उहाँको भनाइ छ । उहाँले रोकिएको शिक्षा ऐनलाई उपयुक्त ढंगबाट ल्याइने बताउनु भयो । उहाँले सरकार शिक्षकका समस्या समाधान गर्न चाहिरहेकोले शिक्षकहरुले समेत आफ्नो बाध्यता बुझिदिनुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images