तीनकुने घटनाको जिम्मेवारी सरकारले लिनुपर्छः सांसद प्रधान

चैत्र २९, २०८१ शुक्रबार
तीनकुने घटनाको जिम्मेवारी सरकारले लिनुपर्छः सांसद प्रधान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धु्रवबहादुर प्रधानले तीनकुने भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभाको कानून, न्याय, तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद प्रधानले यस्तो बताउनुभएको हो । उहाँले तीनकुनेको घटना सरकारले नियोजित रुपमा गराएको आरोप समेत लगाउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले युवा संघलाई उक्साएर घटना गराएको आरोप लगाउनु भयो । उहाँले सरकार आफैंले नियोजित रुपमा घटना घटाएर पार्टीका नेताहरुमाथि झुटो मुद्दा लगाउने काम गरिएको टिप्पणी गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images