तीनकुने घटनाबारे सोधपुछ गर्न पूर्वराजा शाहलाई संसदीय समितिमा बोलाउनुपर्ने काँग्रेस सांसद परियारको प्रश्ताव

चैत्र २९, २०८१ शुक्रबार
तीनकुने घटनाबारे सोधपुछ गर्न पूर्वराजा शाहलाई संसदीय समितिमा बोलाउनुपर्ने काँग्रेस सांसद परियारको प्रश्ताव

नेपाली काँग्रेसका सांसद जीवन परियारले तीनकुनेमा भएको हिंसात्मक घटनाबारे सोधपुछ गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन प्रश्ताव गर्नुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितको बैठकमा बोल्दै सांसद परियारले यस्तो प्रश्ताव राख्नुभएको हो । पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्नता भए/नभएकोबारे सोध्नुपर्ने उहाँको भनाइ छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images