उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल—भारतबीच राजनीतिक रुपमा पनि राम्रो सम्बन्ध रहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपाल र भारतबीच सांस्कृतिक मात्र नभइ राजनीतिक रुपमा पनि गहिरो सम्बन्ध रहेको बताउनुभएको हो । नेपाली काँग्रेसका संस्थापक नेताहरु, विपी कोईराला, कृष्णप्रसाद भट्टराईदेखि गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक मुभमेण्टमा पनि भारतमै गएर बस्नुपरेकाले नेपाल र भारतबीचको राजनीतिक सम्बन्ध महत्वपूर्ण रहेको बताउनु भयो ।