चोभार सुख्खा बन्दरगाह कन्टेरनरहरु आउनेक्रम बढ्दै गएको छ । जाँचपास प्रयोजनका लागि सरकारले ‘ट्रान्जिट मोडुल’ विधि प्रयोग गरेपछि तातोपानी र रसुवा नाकाबाट भित्रिएका कन्टेनरहरु जाँचपासका लागि चोभारमा आउने क्रम बढेको हो । चोभार सुख्खा बन्दरगाहा भन्सार कार्यालय प्रमुख बाइट उषा पोखरेलले तातोपानी, रसुवा नाकाबाट आउने मालवस्तुहरु चोभार सुख्खा बन्दरगाहामा पहिला भन्दा धेरै कन्टेनरहरु जाँचपास परिक्षणका लागि आउन थालेको बताउनु भयो । उहाँकाअनुसार गोदामको समेत प्रशस्त व्यवस्था भएकाले व्यवसायीहरुको रोजगाईमा चोभार परेको हुनसक्छ । भन्सार कार्यालयलले छिटो छरितो जाँचपास गर्ने गरेको बताउनु भयो ।