भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालकोे यातायात प्रणालीलाई आधुनिक र सुव्यवस्थित बनाउन सरकार सक्रिय रहेको बताउनुभएको छ । शुक्रवारदेखि काठमाडौमा शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संरचनाहरु निर्माणको क्रमदेखि नै वातवरणीय क्षति हुन नदिने र वातावरणमैत्री सवारी साधनहरुलाई प्रोत्साहन गरिने उल्लेख गर्नुभयो । मन्त्री दाहालले यातायात र वातावरणको सवाल अहिले विश्वव्यापी चासो रहेको बताउनु भयो । उहाँले वातावरणमैत्री, दिगो, प्रविधिसम्पन्न, अपाङ्गमैत्री र प्रयोगकर्तामैत्री यातायात प्रणाली विकास गर्ने नेपालको लक्ष्य रहेको बताउनु भयो ।