वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा छौँः श्रममन्त्री भण्डारी

चैत्र २९, २०८१ शुक्रबार
वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा छौँः श्रममन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा रहेको बताउनुभएको छ । शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । सरकारले वैदेशिक रोजगार ऐन श्रम ऐनलाई समय सापेक्ष बनाउनका लागि सरोकारवालाहरूसँग सल्लाह सुझाव माग गरेको पनि उहाँले जानकारी दिनुभयो । कानूनहरुलाई समसामयिक बनाउन र श्रमिकले पाउने अधिकारको ग्यारेन्टी गर्नको लागि सरकार र निजी क्षेत्रबीच समन्वय हुन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले घरेलु कामदारको रुपमा वैदेशिक रोजगारमा जान निषेध गर्ने निर्णय समेत खारेज गरिसकेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images