मधेस प्रदेशका १ हजार ८ सय बढी स्वास्थ्यकर्मी आन्दोलनमा

चैत्र २९, २०८१ शुक्रबार
मधेस प्रदेशका १ हजार ८ सय बढी स्वास्थ्यकर्मी आन्दोलनमा

मधेस प्रदेशका १ हजार ८ सय बढी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । मुख्यमन्त्री कार्यालय अगाडि जारी धर्नामा चौथो र पाँचौं तहका सिअहेव तथा सिअनमी स्वास्थ्यकर्मी सहभागी छन् । उनीहरूले चैत २५ गतेदेखि धर्ना शुरु गरेका थिए । धर्नामा सहभागी संयोजक मोहन साहले मधेस प्रदेश सरकारले ल्याएको ‘मधेस प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१’ मा उल्लेख भएको एक बाध्यात्मक वाक्यांशका कारण आफूहरु धर्नामा बसेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images