स्थानीय अधिकारीहरूकाअनुसार बिहीवार टर्किएको अंकारा प्रान्तको बेपजारी जिल्लामा भूमिगत कोइला खानी भत्किँदा १४ कामदार घाइते भएका छन् । यो घटना उत्पादन मेसिनरी हाउसिङ सेक्सनमा भएको थियो र भत्किँदा २९ कामदार उपस्थित रहेको प्रान्तीय गभर्नर वासिप साहिनले बताउनु भयो । घाइते कामदारहरूलाई अस्पताल लगिएको छ । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनु भयो ।