संयुक्त राज्य अमेरिका र रुसबीच बिहीवार टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा कूटनीतिक नियोगहरू पुनस्र्थापित गर्ने सम्बन्धमा दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । अमेरिकी प्रतिनिधिमण्डलले रुसी पक्षसँग लगभग पाँच घण्टाको बैठकपछि दिउँसो इस्तानबुलस्थित रुसी वाणिज्य दुतावास छोडेको थियो । वार्तापछि कुनै प्रेस ब्रिफिङ भएन । तर नाम न छाप्न चाहने एक कुटनीतिक स्रोतकाअनुसार रुसी पक्षबाट एक विज्ञप्ति तयार पारिएको थियो । छलफलको प्राथमिकता एकअर्काको देशमा रहेका दुतावास र वाणिज्य दुतावासहरूको कामलाई असर गर्ने मुद्दाहरूलाई सम्बोधन गर्नु हो ।