इजिप्टियन रेल्वेलाई आधुनिकीकरण गर्न इजिप्ट र अमेरिकाबीच २३ करोड ५० लाख अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर

चैत्र २९, २०८१ शुक्रबार
इजिप्टियन रेल्वेलाई आधुनिकीकरण गर्न इजिप्ट र अमेरिकाबीच २३ करोड ५० लाख अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर

इजिप्टको स्थानीय रेलवेलाई स्तरोन्नति गर्न इजिप्टियन राष्ट्रिय रेल्वेले बिहीवार संयुक्त राज्य अमेरिकाको प्रगति रेल लोकोमोटिभ्ससँग तीन वटा सम्झौतामा हस्ताक्षर गरेको छ । हस्ताक्षर इजिप्टका उद्योग तथा यातायातमन्त्री कामेल एल–वजीर र इजिप्टका लागि अमेरिकी राजदुत हेरो मुस्तफा गर्गले गर्नुभयो । २३ करोड ५० लाख डलरको सम्झौताले १०० हेन्शेल लोकोमोटिभलाई आधुनिकीकरण गर्नेछ । १५ वर्षको लागि १४१ लोकोमोटिभका लागि स्पेयर पाट्र्स आपूर्ति गर्नेछ र १० वर्षमा प्राविधिक सहयोग प्रदान गर्नेछ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images