आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरु सरकारले चरणवद्ध कार्यान्वयन गर्छः अर्थमन्त्री

चैत्र २९, २०८१ शुक्रबार
आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरु सरकारले चरणवद्ध कार्यान्वयन गर्छः अर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरुलाई सरकारले चरणवद्ध रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।  शुक्रवार मन्त्रालयमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आयोगले सुझाएका विषयहरुलाई चरणवद्ध रुपमा कार्यान्वयन गर्ने हिसावले योजनाहरु बनाउने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले आयोगद्वारा प्रश्तुत गरिएको अन्तरिम प्रतिवेदन पनि क्रमशः कार्यान्वयन गरिरहेको बताउनु भयो । उहाँले आयोगले दिएको प्रतिवेदनलाई गहन रुपले अध्ययन गरेर प्रतिवेदनमा सुझाइएका विषयहरुलाई कार्यान्वयनमा लैजाने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images