पूर्वराजा शाहलाई काँग्रेस नेता सिटौलाको चुनौतीः देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पती जनतालाई दिनू

चैत्र २८, २०८१ बिहीबार
पूर्वराजा शाहलाई काँग्रेस नेता सिटौलाको चुनौतीः देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पती जनतालाई दिनू

नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पती जनतालाई दिन चुनौति दिनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो चुनौति दिनुभएको हो । व्यवस्था परिवर्तनको उक्साउनुभन्दा चुप लागेर बस्न आग्रह गर्दै त्यसमै भलाई हुने बताउनु भयो । उहाँले देशमा पुनः शासन गर्ने मन भए दलीय राजनीतिमार्फत चुनाव लड्न आग्रह समेत गर्नुभयो । नेपालमा राजतन्त्र दन्त्य कथा भइसकेको भन्दै कुरा गर्न र सुन्न मात्र रमाइलो उहाँको भनाइ छ । उहाँले आफ्नो सबै सम्पत्ति जनतालाई सुम्पिदिने आँट छ ? भन्दै प्रश्न समेत गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images