हावाहुरीले तानसेन महोत्सवमा करोडौंको क्षति

चैत्र २८, २०८१ बिहीबार
हावाहुरीले तानसेन महोत्सवमा करोडौंको क्षति

पाल्पा सदरमुकाम तानसेनमा जारी दोस्रो तानसेन महोत्सव हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ ।  बुधवार रातिको हावाहुरीसहितको वर्षाका कारण महोत्सव प्रभावित बनेको हो । बुधवार कार्यक्रमको तयारी भइरहेको बेला अचानक वर्षा र हावहाहुरी चलेपछि महोत्सवमा भाग दौड मच्चिएको थियो । असिनासहित वर्षा भएपछि महोत्सव हेर्न भेला भएका हजारौं बाल बच्चादेखि बुढापाकाबीच भागदौड मच्चिएको थियो । वर्षाका कारण सांस्कृतिक कार्यक्रम स्थगित गरी आज सञ्चालन गर्ने तयारीमा आयोजक थिए । तर बुधवार राति १ बजेबटा चलेको ठूलो हावाहुरी र वर्षाका कारण महोत्सवस्थलमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वार, घेरबार लगायत ढलेका छन् । जसले गर्दा महोत्सव नै अनिश्चित बनेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images