राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको पानीजहाज विधेयकमा बिहीवार समेत दफावार छलफल भएको छ । राष्ट्रिय सभाबाट आएको विधेयकमाथि समितिले दफावार छलफल गरिरहेको छ । बिहीवारको बैठकमा सांसदहरुले पानी जहाज सञ्चालन गर्नुअघि पानीजहाजको सर्वे गर्नुपर्ने, आधिकारिक संस्थाले सर्भे गर्नुपर्ने लगायतका संशोधन राखे । विधेयकको परिच्छेद ५ सम्म छलफल भई पारित भइसकेको छ । पानीजहाज सञ्चालन सम्बन्धि व्यवस्था, पानीजहाज निर्माणसम्बन्धी व्यवस्था,जलमार्गको रुट निर्धारण र प्रयोग सम्बन्धि व्यवस्था र पानीजहाजको स्वामित्वका सम्बन्धमा सांसदहरूबीच सहमति जुटिसकेको समिति सभापति तुलसाकुमारी दाहालले बताउनु भयो ।