व्यवसायिक वातावरण बिग्रन नदिन सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली

चैत्र २८, २०८१ बिहीबार
व्यवसायिक वातावरण बिग्रन नदिन सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरताका कारण व्यवसायिक वातावरण बिग्रन नदिन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्थिर सरकारका कारण मुलुकमा विगतमा लगानीको वातावरण बिग्रिएपनि अब त्यस्तो अवस्थाको अन्त्य भएको बताउनुभएको हो । उहाँकाअनुसार नीतिगत अस्थीरताले लगानीको वातावरण विगतमा बिग्रेको थियो । देशमा भ्रष्टाचारको न्युनिकरण र अन्त्य गर्न सरकार कटिवद्ध रहेको पनि बताउनु भयो । संघीयताको शुरु शुरुमा हेरेक पालिका सरकारले आफैँ कर उठाउन ठाउँठाउँमा बाँस तेस्र्याइएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images