नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाह कुनैपनि हालतमा संवैधानिक राजा बन्न नसक्ने टिप्पणी गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापले यस्तो टिप्पणी गर्नुभएको हो । शााहलाई धोएर जति सफा गरेपनि संवैधानिक राजा बन्न योग्य नरहेको उहाँको भनाइ छ । नेपाली काँग्रेसले लामो संघर्ष र अनुभव संवैधानिक राजा राख्न नसक्ने निर्णयमा पुगेको उहाँको जिकिर छ । उहाँले पूर्वराजा शाहले निर्मल निवासमा बसेर उत्पात मच्चाउनुभएको आरोप लगाउँदै नारायणहिटीमा भए के गर्लान् भन्दै प्रश्न गर्नुभयो । उहाँले पूर्वराजा शाहले व्यवसायी दुर्गा प्रसाईं र पूर्वपञ्च नवराज सुवेदीलाई ल्याएर उत्पात मच्चाएको आरोप लगाउनु भयो ।