तयारी प्रभावकारी भयो, हङकङमा राम्रो क्रिकेट खेल्छौं– रोहित

चैत्र २५, २०८१ सोमबार
तयारी प्रभावकारी भयो, हङकङमा राम्रो क्रिकेट खेल्छौं– रोहित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले तयारी प्रभावकारी भएकाले हङकङको टी ट्वान्टी श्रृंखलामा पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।  नेपालले अप्रिल ९ देखि १३ सम्म हङकङमा टी ट्वान्टी श्रृंखला खेल्दैछ । उक्त श्रृंखलामा नेपालसहित घरेलु टोली हङकङसहित कतार र कुवेतले प्रतिष्पर्धा गर्नेछन् । सोही श्रृंखलाका लागि सोमवार भएको बिदाइ कार्यक्रममा नेपाली टोलीका कप्तान रोहितले राम्रो क्रिकेट खेल्ने बताएका हुन् । सिद्धार्थ क्रिकेट मैदानमा राम्रो तयारी गरेको र त्यहाँ जुन उद्देश्यका साथ तयारी गर्न गएको त्यो पूरा पनि उनको भनाइ । उनले पछिल्ला समय घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका केही खेलाडीले कमब्याक पनि गरेको उल्लेख गरे ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images