उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल–भारतबीचको सम्बन्ध सधैं मजबुत र सन्तुलित बनाउनुपर्नेमा जोड दिनुभएको छ । गणेशमान सिंह फाउन्डेसनले सोमवार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पु¥याउनुभएको योगदान’ विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जुनसुकै पार्टीको सरकार भएपनि दुवै देशको हित हुनेगरी अगाडि बढ्नुपर्ने बताउनु भयो ।