अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाले नेपालका अग्रज पत्रकार, अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाका सल्लाहकार प्राध्यापक पुरुषोत्तम दाहाललाई सम्मान गरेको छ । रेडियो पत्रकारितादेखि छापा पत्रकारितासम्म, प्राध्यापनदेखि सामाजिक क्षेत्रसम्म, लेखन तथा साहित्यमा योगदान दिनुभएका दाहाल अहिले अमेरिका भ्रमणमा रहेका बेला उहाँसँग भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम अमेरिकाको भर्जिनिया मनासस शहरमा भएको थियो ।