संघीयता बोझिलो र खर्चिलो भयोः मन्त्री पौडेल

चैत्र २४, २०८१ आइतबार
संघीयता बोझिलो र खर्चिलो भयोः मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीयता बोझिलो र खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताउनु भएको छ । आईतवार नेपाली काँग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको नव वर्ष २०८२ सालको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले संघीयता राज्यको क्षमताभन्दा बढी बोझिलो र खर्चिलो भएको संघीयताको पुनरावलोकन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले डिजिटल करेन्सी प्रयोग गर्ने स्थिति नभएसम्म मुलुकमा पारदर्शिता कायम नहने भन्दै नेपाललाई डिजिटलाइजेसनमा लैजानुपर्ने आवश्यकता रहेको समेत बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images