कुलमान घिसिङका समर्थकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । आईतवार काठमाडौंको माईतीघर मण्डलामा कुलमानका पक्षधरहरुले प्रदर्शन गरेका हुन् । कुलमानका समर्थकहरुले देशको शान कुलमान घिसिङ, कुलमान हाम्रो शान हो, देश र जनताको मान हो, पूरा नेपाल झलमल्ल छ, जनताको मनमा कुलमान छ, उज्यालो नेपालका नायक कुलमान घिसिङ जस्ता प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।