नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी बनेको आरोप लगाउनुभएको छ । आईतवार काठमाडौंमा सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद कोईरालाले नेतृत्व तह नै विचौलियाहरुसँग मिल्दा देश विकासमा समस्या आइरहेको जिकिर गर्नुभयो ।