कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले धराशायी भएको व्यावसायहरुलाई व्यवस्थापन गरी सही मार्गमा लैजान सरकारले अध्यादेशमार्फत ऐन ल्याएको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले ल्याएको अध्यादेशको सकारात्मक परिवर्तन बजारमा देखिन थालेको दाबी गर्नुभयो । उहाँले वर्तमान सरकार समयको गतिसँगै समयसापेक्ष रुपमा अगाडि बढेको जिकिर गर्नुभयो । जनतालाई आइपर्ने जुनसुकै समस्या पनि वर्तमान सरकारले सम्बोधन गरेर समाधान गर्ने उहाँको भनाइ छ ।