पोखरा थन्डर्सले पूर्वविजेता काठमाडौं रेजर्सलाई हराउँदै नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको पहिलो खेलमा पोखराले काठमाडौं रेजर्समाथि २–० को जित निकालेको हो । पोखराको जितमा स्टेफन बिनोङ र सुदिल राईले गोल गरेका हुन् । तीन खेलबाट पोखराले पहिलो तीन अंक बटुलेको हो । काठमाडौंको भने तीन खेलसम्म जितविहीन भएको छ । काठमाडौं यसअघि पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीसँग २–२ र झापा एफसीसँग गोलरहित बराबरीको नजिता सामना गरेको थियो । तेस्रो खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको काठमाडौंको लक्ष्य पूरा भएन । यससँगै काठमाडौंले तीन खेलबाट दुई अंक मात्र जोडेको छ ।