राजतन्त्र फर्किन सम्भव छैनः रक्षामन्त्री राई

चैत्र २३, २०८१ शनिबार
राजतन्त्र फर्किन सम्भव छैनः रक्षामन्त्री राई

रक्षामन्त्री मानवीर राईले देशमा अराजकता देखा परिरहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा किराँत राई कर्मचारी मञ्चले आयोजना गरेको १५ औं स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले इतिहासले तत्कालीन राज्यलाई फालेको, लिच्छवीकालीन, मल्लकालीन शासन फालेको उल्लेख गर्दै शाह र राणाहरु पनि आन्दोलनबाट फालिएको उल्लेख गर्नुभयो । उहाँले इतिहासमा फर्किनु भनेको मृत्युवरण गर्नुभएका पूर्खाहरुलाई पनि फर्काउने तर्क भएको बताउनु भयो । राजतन्त्र फर्काउने कुराप्रति टिप्पणी गर्दै उहाँले राजतन्त्र फर्काउने कुरा सम्भव नरहे पनि प्रयास जारी रहेको बताउनु भयो । उहाँले आफूहरुले पनि विभिन्न नाममा आन्दोलन गरेको तर व्यक्तिको घरमा आगो लगाउने, लुट्ने, पत्रकार जलाउने काम नगरेको बताउनु भयो । आफूहरुले मान्छेलाई जिउँदो जलाउने काम नगरेको भन्दै अहिले अराजकता देखिएको उल्लेख गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images