उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले व्यवसायीहरुले नेपालमै उत्पादित वस्तु निर्यात गरेर नाफा कमाउनुपर्ने बताउनुभएको छ । शनिवार काठमाडौमा नेपाल हिमालयन सीमापार वाणिज्य महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विदेशबाट वस्तु आयात गरेर नाफा कमाउनेले नेपालमै कुनै न कुनै उद्योग कलकारखानामा लगानी गर्नुपर्ने बताउनु भयो । नेपालमा उत्पादिन वस्तुको ब्राण्डिङ र लेवलिङ गरेर विश्व बजारमा निर्यात गरे मात्रै व्यवसायी र राज्य फस्टाउनसक्ने उहाँको भनाइ छ ।