प्रधानमन्त्री ओलीले आफ्नो थाइल्याण्ड भ्रमणका क्रममा दुई पक्षीय र बहुपक्षीय सहयोग र सहकार्यका सम्बन्धमा फलदायी वार्ता भएको बताउनुभएको छ । थाइल्याण्ड भ्रमण पूरा गरी शनिवार स्वदेश फर्किनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट जारी प्रेस विज्ञप्ती त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव अमृतबहादुर राईले वाचन गर्दै भ्रमण सफल र फलदायी भएको बताउनुभएको हो । पराराष्ट्र सचिव राईले प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमण दुई देशबीचको सम्बन्ध विस्तार तथा दुई पक्षिय आर्थिक दायरा बिस्तार गर्दै निजी क्षेत्रको सहकार्यको अभिवृद्धि गर्नुलगायतका उद्देश्य रहेको बताउनु भयो ।