सगरमाथा संवादमा मोदीजी नेपाल आउनुहुन्न, मेरो समय मिले त्यसअघि नै भारत भ्रमण हुनसक्छः प्रधानमन्त्री

चैत्र २३, २०८१ शनिबार
सगरमाथा संवादमा मोदीजी नेपाल आउनुहुन्न, मेरो समय मिले त्यसअघि नै भारत भ्रमण हुनसक्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने बताउनुभएको छ ।  सगरमाथा संवादको समयमा नै मोदीले युरोपको भ्रमण गर्ने कार्यक्रम तय भइसकेकाले नेपाल आउन नपाउने तर भारतबाट उच्चस्तरको प्रतिनिधि सहभागी हुने जानकारी गराउनुभएको हो । शनिवार थाइल्याण्डको औपचारिक भ्रमण सेकर स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा थाइल्याण्ड भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीसँग आफ्नो भेट भएको र भेट सुमधुर भएको बताउनु भयो । उहाँले पारस्परिक सहयोगका विभिन्न क्षेत्रहरुको सम्बन्धमा र पञ्चेश्वर आयोजना, व्यापार, दोधारा चाँदनीमा महाकालीबाट सिंचाई गर्ने कुराहरुमा छलफल भएको बताउनु भयो । नेपाल—भारत सम्बन्धलाई अझ व्यापक विस्तृत, सुदृढ गर्दै लैजाने र देखिएका समस्यालाई तत्काल छलफल गरी टुंग्याउने बारेमा समझदारी भएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images