निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय संगठन (इफाप्का) को ४७ औं सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डल सिंगापुर प्रस्थान गरेको छ । इफाप्काको ४७ औं सम्मेलन चैत्र २५ गतेदेखि सिंगापुरमा हुँदैछ । यसअघि नेपालले २६ औं सम्मेलन सम्पन्न गर्दै सिंगापुरलाई अध्यक्षता हस्तान्तरण गरेको थियो । ४७ औं सम्मेलन भने सिंगापुरको अध्यक्षतामा सञ्चालन हुँदैछ । सम्मेलन अप्रिल ७ देखि १२ सम्म हुनेछ । सम्मेलनमा सहभागी हुन सिंगापुर जाने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले इफाप्काको ४७ औं सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै आफूहरु सहभागी हुन लागेको बताउनु भयो । उहाँले इफाप्काको सम्मेलनसँगै मलेसियाको क्वालालम्पुरमा इफाप्काको केन्द्रिय समितिको बैठक पनि बस्ने जानकारी दिनुभयो ।