सरकार विद्युत प्राधिकरण र गभर्नरको पछि लागिरहेको छः हितराज पाण्डे

चैत्र २२, २०८१ शुक्रबार
सरकार विद्युत प्राधिकरण र गभर्नरको पछि लागिरहेको छः हितराज पाण्डे

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने प्रदर्शनका क्रममा सरकार र सुरक्षा संयन्त्रको गम्भिर त्रुटी भएको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले प्रदर्शनकारीलाई आन्दोलनका लागि तीनकुने क्षेत्र नै किन दिइएको ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले अराजकत प्रदर्शनको मुख्य योजनाकार सार्वजनिक गर्न समेत माग गर्नुभयो । उहाँले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्नेभन्दा पनि विद्युत प्राधिकरण र राष्ट्र बैंकको गभर्नरको पछि मात्र लागेको आरोप लगाउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images