राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेजीको लागि आफू आन्दोनमै रहेको बताउनुभएको छ । शुक्रवार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष केसीले संविधान निर्माणका वखतदेखि नै आफ्नो पार्टी प्रदेशको विपक्षमा रहेको बताउनुभएको हो । प्रदेश खारेज नगरी मुलुकमा विकासको ढोका नखुल्ने उहाँको जिकिर छ ।