हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले बिहीबार जनाएको छ कि गाजा शहरको पूर्वमा रहेको दार अल–अरकाम विद्यालयमा इजरायली आक्रमणमा कम्तिमा २९ जना प्यालेस्टिनीको मृत्यु भएको । १ सय भन्दा बढी घाइते भएका छन् । कार्यालयले मृत्यु हुनेमा १८ बालबालिका, महिला र वृद्धवृद्धा रहेको बताएको छ ।