सरकारले मुलुकमा सुशासन कायम गर्न नसक्दा लुटतन्त्र र विचौलियातन्त्रको बिगबिगि बढ्योः उपेन्द्र यादव

चैत्र २१, २०८१ बिहीबार
सरकारले मुलुकमा सुशासन कायम गर्न नसक्दा लुटतन्त्र र विचौलियातन्त्रको बिगबिगि बढ्योः उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार पूर्णतः असफल भएको बताउनुभएको छ बिहीवार मधेसकेन्द्रित सात दलको संघीय लोकतान्त्रिक मोर्चा कार्यक्रमको घोषणा समारोहमा बोल्दै अध्यक्ष यादवले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार गठन भएको ९ महिना बितिसक्दा समेत मुलुकमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र अर्थतन्त्रमा कुनै सुधार गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले सरकारले मुलुकमा सुशासन कायम गर्न नसक्दा लुटतन्त्र र विचौलियातन्त्रको बिगबिगि रहेको बताउनु भयो । सरकारकै असफलताका कारण प्रतिगमनकारी शक्तिहरु व्यवस्था ढाल्ने दुस्साहस गरिरहेको उहाँको भनाइ छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images