‘तीनकुने घटनामा सरकार नराम्रोसँग चुक्यो’ः सांसदहरु

चैत्र २१, २०८१ बिहीबार
‘तीनकुने घटनामा सरकार नराम्रोसँग चुक्यो’ः सांसदहरु

तीनकुने घटनाका बारेमा सरकारले निश्पक्ष छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न सांसदहरुले जोड दिएका छन् । बिहीवार प्रतिनिधि सभा अन्तर्गत कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरुले उक्त घटनामा मानव अधिकारको गम्भीर उल्लङ्घन भएको देखिएकोले सरकारले छानबिन समिति गठन गरी निष्पक्ष रुपले सत्य तथ्य सार्वजनिक गर्न जोड दिएका हुन् । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले तीनकुने घटनामा प्रदर्शनकारीको उद्देश्य र सरकारको सुरक्षा व्यवस्था दुइ वटै गम्भीर देखिएको बताउनु भयो । उहाँले प्रहरीले त्यहाँ गोली चलाउनुपर्ने के कस्तो कारण थियो सरकारले सार्वजनिक गर्नुपर्ने बताउनु भयो । विमानस्थल तथा आयल निगमको डिपो भएको संवेदनशील क्षेत्रको नजिक प्रदर्शन गर्न दिएर सरकारले कमजोरी गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘यो विषय गम्भीर भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images