कृषि नीतिलाई मूर्त र व्यवस्थित बनाउन सांसदहरुले सुझाएका छन् । बिहीवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिसम्बन्धी छलफलमा सांसदहरुले यस्तो सुझाव दिएका हुन् । कृषिमा वैज्ञानिक क्रान्ती गर्ने खालको नीति ल्याउनुपर्नेमा उनीहरुको जोड छ । बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले कृषि नीतिले धानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको उपलब्धी सम्बोधन गर्नेगरी ल्याउनुपर्ने बताउनु भयो । उहाँले सरकारले कृषि आधुनिकीकरण परियोजनाको लागि बजेट विनियोजन गरेपनि परियोजनाका उपलब्धीहरुलाई नजरअन्दाज गर्ने गरेको बताउनु भयो । उहाँले कृषि आधुनिकीकरण परियोजनामा बजेट र जनशक्तिको आव हुन नदिन समिति सभापतिलाई निर्देशन दिन समेत माग गर्नुभयो । उहाँले कृषि आधुनिकीकरण परियोजनामा सुधार गर्नुपर्ने कुराहर धेरै रहेको उहाँको भनाइ छ ।