देशभरका निर्माणाधीन सडक आयोजनाहरु भौतिक तथा वित्तीय प्रगति निराशजनक रहेको छ । बिहीवार सिंहदरबारमा बसेको संघीय संसदको संयुक्त समितिमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले पेश गर्नुभएको विवरणमा सरकारी लक्ष्यअनुसार सडक आयोजनाहरुको भौतिक र वित्तीय प्रगति नदेदिएको हो । सरकारको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रतिवेदनमाथिको छलफलमा सडक आयोजनाहरुको प्रगति विवरण सार्वजनिक गर्दै समिति सचिव समेत रहेका राईले कालिगण्डकी कोरिडोर (बेनि–जोमसोम) सडक आयोजनाको भौतिक प्रगति ७३ प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत रहेको बताउनु भयो ।